• 2023-11-07

काठमाडौं २१ कार्तिक/नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ। सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन् २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि छनौट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई रु ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।

नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट भएको थियो।यस्तै भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई आउँदो वर्ष सञ्चालन हुने १९ वर्षमुनिको एसिया कपमा छनोट हुन सफल टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरिएको क्यानले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

क्यानले Cricket Hong Kong China को आयोजनामा यहि नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरुका महिला क्रिकेट टीमहरुविच संचालन हुने Hong Kong Women’s T20I Series मा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय गरेको हो।

त्यस्तै क्यानले आइसिसि पुरुष टि-२० क्रीकेट विश्वकप एसिया प्रतियोगिताको फाइनल खेलमा बिक्रि भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशतले हुन आउने रकम हालै जाजरकोटमा गएको भुकम्पबाट पीडितहरुको उद्वारको लागि सहयोग स्वरूप उपलब्ध गराउने निर्णय समेत गरेको थियोे ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै