❝ प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जिल्ला जाजरकोटमा ❞
2023-11-04
जाजरकोट, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुग्नुभएको छ । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोटमा पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गर्नुभएको छ । उहाँका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि जाजरकोट पुग्नुभएको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।