नुवाकोट ३१ भाद्र २०८० । टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । शनिबार लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । -उहाँले भन्नुभयो । यसका लागि धेरै पैसा लाग्छ यद्यपि हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकारात्मक जवाफ आएको छ – भन्नुभयो, ‘पत्रको आदान–प्रदान भइसकेको छ । उनले भने- यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’ प्रारम्भिक यसको अध्ययन भइसकेको पनि उनले जानकारी दिए ।