• 2020-05-19

अनेक कुरा खेल्छन् मन मा, देश रोए को बेला !

बैरी बनि छिमेकी ले नै, अलि अलि गर्दै, देश छोए को बेला !! …..२

कसैले भन्छ हिमाल मेरो, कसैले भन्छ पहाड !

उम्लि आउँदा तातो रगत, उठला फेरी गोर्खलि डहाड !!

सुति बस्छन्, भुलि सारा, ठुला, कुरा गर्दै राष्ट्रबाद !

सँधियार ले सिमा मिचे, खै कसैले गर्दैनन् किन, प्रतिबाद !!

रुदै छिन् नेपाल आमा, पराई ले छाती छोए को बेला !

धिक्कार्दै छिन् ति कपुत लाई, आसुँ ले मुहार धोए को बेला !! …..२

बालक बृद्ध नभनि अबला, आयो अब उठ्ने बेला !

जुटौ अब एक भई, चुटौ अब, भयो बैरी चुट्ने बेला !!

खिया लागे कि सिरुपाते खुकुरी, सिमाना मिचे को बेला !

बैरी बनि छिमेकी ले नै, आत्म सम्मान, थिचे कि बेला !!

अनेक कुरा खेल्छन् मन मा, देश रोए को बेला !

बैरी बनि छिमेकी ले नै, अलि अलि गर्दै, देश छोए को बेला !! …..२

-घनश्याम श्रेष्ठ, काठमाडौं

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै