• Jana Kura

  • 2020-07-11

एजेन्सी। अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् ।

उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर दावीगर्नेहरुको सङ्ख्या भने घट्दै गएको उनीहरुको भनाइ छ ।

श्रम मनत्रालयका अधिकारीहरुले कोरोनाभाइरसका कारण अमेरिकामा एक करोड ९० लाख मानिस बेरोजगार भएको जनाएका छन् ।उनीहरुले यो तथ्याङ्क जुन २७ सम्मको मात्रै भएको जानकारी दिएका छन् ।

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी नआएको अधिकारीहरुले जनाएका छन् ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै