• Jana Kura

  • 2022-08-16

टोखा लाइभ ।२०७९ साउन ३१ गते ।

काठमाडौं, ३१ साउन । नेसपाका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।

माओवादी केन्द्रका आज बसेको स्थायी समितिको बैठकले भट्टराई र गौतमलाई माओवादीको चुनाव चिन्ह दिने निर्णय गरेको हो ।

यद्यपि कहाँ निर्वाचन लड्न दिने भन्नेबारे भने सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै निर्णय गरिने बताइएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै