• 2020-07-01


टाेखा लाइभ,असार १७ काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका –५ का ४५ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे ।

उनको असार १४ गते वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई असार १३ गते श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वयलपाटा अस्पताल लगिएको थियो ।

उनी मधुमेहका बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ । बिरामीसँगै कुरुवा रहेका दुईजनाको भने कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै