• 2022-06-22

टाेखालाइभ डट कम/असार ८
शंखरापुर नगरपालिकाको आयोजनामा साँखुमा सम्पन्न तेश्रो रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण ५ रजत र २ कास्य सहित श्री भगबती माध्यामिक विद्यालय पहिलो स्थानमा रहन सफल भएका छन ।प्रतियोगीतामा उग्रतारा माध्यामिक विद्यालय ४ स्वर्ण ६ रजत र ८ कास्य पदक सहित दोश्रो स्थानमा रहे भने साँखु सामुदायिक विद्यालय ३ स्वर्ण ५ रजत र २ कास्य पदक सहित तेश्रो स्थानमा रहन सफल भएका छन।
त्यसैगरी कालिका शरण माध्यामिक विद्यालय ३ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित चौथौं र २ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित शारदा माध्यमिक विद्यालय पाँचौं स्थानमा रहेका छन। प्रतियोगिताका विजयी विद्यार्थीहरू लाई शंखरापुर नगरपालिकाका मेयर रमेश नापित र उप मेयर समिता श्रेष्ठले मेडल तथा प्रमाण पत्र बाट सम्मान गरेका थिए । जेठ ३१ गते बाट असार ४ गते सम्म संचालन गरिएको प्रतियोगितामा कुल ११ वटा विद्यालयको सहभागिता रहेको थियो भने प्रतियोगिताको व्यवस्थापन श्री भगबती माध्यामिक विद्यालयले गरेको थियो। प्रतियोगीतामा छनोट भएका विद्यार्थीहरूलाई जिल्ला खेलकुद विकास समितिले आयोजना गरिने प्रतियोगीतामा सहभागी गराउने शंखरापुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिएका छन । फोटो : शंखरापुर न्युज

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै