• 2022-06-20

    टाेखालाइभ डट कम/

    असार ६, २०७९, सोमबार

     

    काठमाडौँ।प्रमुख प्रतिपक्ष दल  नेकपा एमालेले सरकारले गरेको चर्को मूल्यवृद्धिविरुद्धमा सडकदेखि सदनसम्म संघर्ष गर्ने तयारी थालेको छ। सरकारले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चौतर्फी प्रभाव पार्ने बताउँदै त्यसका विरुद्ध संघर्ष गर्ने एमालेले तयारी गरेको हो । एमालेले पार्टीभित्र थप छलफल गरेर अघि बढने जनाएको छ ।

    पछिल्लो समय नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो ।निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ ।त्यस्तै सर्वसाधारण चढ्ने सार्वजनिक यातायातमा पनि गाडी भाडा बढाएको छ भने खाद्यान्न बजार भाउ आकासिएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै