• 2022-05-18

टाेखालाइभ डट कम/ जेठ ४,२०७९

लुम्बिनी/गिनिज बुक अफ् वर्ल्ड रेकर्डसमा नाम लेखाइसकेकी नेपाली सितारवादक महिला सीतामैँया राजचलले बुद्ध जयन्तीका दिन प्रधानमन्त्री शेर बहादुर देउवाकै अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र दास माेदीकाे प्रशंसा र धन्यवाद पाएकी छन्। २५६६ अनैँ बुद्ध जयन्तीका दिन ४ घण्टाका लागि विशेष कार्यक्रम लिएर बुद्ध जन्मभूमि लुम्बिनी आएका प्रधानमन्त्री माेदीसामु सीतामैयाँले सुरसुधा समूहकाे सहयाेगमा सितार संगीत प्रस्तुत गरेकी थिइन्।

प्रस्तुतिपछि विशिष्ट अतिथि माेदीले सीतामैँयालाई धन्यवाद सहित उनकाे संगीतकाे प्रशंसा गरेका थिए। विशिष्ट व्यक्तित्वहरूबाट प्रशंसा पाएपछि सीतामैँयाले खुशी व्यक्त गर्दै याे आफ्नाे लागि साैभाग्य भएकाे प्रतिक्रिया दिइन्।सीतामैँया हाल राष्ट्रिय नाचघरमा कार्यरत् छन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै