• 2020-05-13

    प्रस्तुति:- रसिला कायस्थ ~( ब्युटिसियन )

    माइक्रोडर्मावेसन एउटा नया एवं प्रभावकारी फेसीयलविधि हो ।जुन युरोपमा ज्यादै प्रचलित छ ! कि्सटल वा डाइमन्ड टीप भएको एक विशेष किसिमको मेसीनको सहायताले विना दुखाई अनुहारमा भएको छालाको मृत कोशिकाहरुलाई सजिलै हटाउने विशेष विधि हो यो । समय परिवर्तनशील भएजस्तै समय सापेक्ष सौंदर्य जगतमा पनि केहीन केही नया एवं नौलो प्रविधिको विकास क्रमिक हुनेगरेको छ र यसको गति ज्यादै द्रुत गतिको छ भन्दापनि फरक नपर्ला ।

    ट्रेडिशनल फेशीयलबाट वाक्क भएकाहरुका लागि माइक्रोडर्मावेशन एउटा फेसन होला तर जसको अनुहारमा विभिन्न किसिमका समस्या छन्।तिनका लागि वास्तवमै यो चमत्कारिक विधि हो । कुनैपनि उमेर समुहका व्यक्तिले हरेक २ हप्तामा १ पटक वा महिनामा १ पटक माइक्रोडर्माबेश ट्रिटमेन्ट लिन सकिन्छ ।

    माइक्रोडर्मावेशनको सहायताले साधारण छालामा चमक ल्याउन मद्दतपुर्याउंछ भने फ़ाइन लाइन, स्कार ,रिँकल , स्ट्रेचमार्क लाइ विस्तारै हटाउंछ र एज स्कीन एवं डल लुकी्गं स्किनमा मुलायम पनको वृद्धि गर्छ त्यस्तै एक्नि तथा पिगमेनटेश हटाउन पनि माइक्रोडर्मावेशन ज्यादै प्रभावकारी हुन्छ !हुन त माइक्रोडर्मावेशनलाई एउटा ट्रिटमेन्टको रुपमा लिईन्छ।

    त्यसैले यो प्रक्रिया ३० मिनेटको छोटो हुन्छ तर यो विधिलाइ विशेष प्रभावकारी बनाउन ट्रेडिशनल फेसियललाई पनि कम्पाइल गरी ४० देखी ६० मिनेटको वनाउन सकिन्छ ! यो विधिबाट फेसियल गर्दा सर्व प्रथम २ पटक क्लिनजरको सहाएताले अनुहारमा भएको मेकअप वा फोहोर हटाइन्छ र स्कीन एनालासीस मार्फ़त अनुहारमा भएको समस्या पत्ता लगाई दोस्रोमा स्क्रबिंगको माध्यम एक्सपोलीयत गरिन्छ ! तेस्रोमा विशेष किसिमको फ़ेस मास्क लगाई झन्डै १५ मिनेटका लागि स्टीमरको सहाएताले हट स्टीम लिईन्छ।

    जसले अनुहारको छालाको कोशीकाहरु खुल्नुका साथै नखुलेका छीद्रहरु नरम तथा लचिलो हुन्छ तव क्रिस्टल टीप वा डाइमन्ड टीप भएको माइक्रोडर्मावेशन मेसिनको सहाएताले ट्रिटमेन्ट दिईन्छ !

    भ्याकुम एक्सन सहित यो प्रविधिले छालाको भित्रीसतहमा रहेका विकारका वस्तुसंगै मृत कोशीकाहरु विना दुखाई , विना कुनै केमीकलको प्रयोग सफ़ा गर्दछ ! यो विधी छालाको व्यापक परिवर्तनका लागि ६ देखी १० सेसन हुनेभएपनि पहिलो पटकमै सकारात्मक प्रभाव देखिन्छ र छाला नरम , कोमल , मुलायम तथा चमकीलो एवं छालाको विभिन्न समस्याबाँट पनि छुटकारा दिन्छ।

    छालाको कोलेजीन र इल्यासटीसीटी प्रोडक्सनलाइ इस्टीमुलेट गरी छालाको त्वचामा निखारता ल्याउने यो विधी अपनाइ सकेपछिभने अनुहारलाई विशेषत : घामबाट जोगाउनु पर्दछ ।रिज़ल्ट लास्ट लंगर बनाउन स्कीनकर प्लानको फलो गर्नु पर्दछ ।

    यो पक्रिया प्रत्येक महिना गरिरहनु उचित हुन्छ।जति उमेर गयो त्यति फेसियल चॉडो- चॉडो गर्नुपर्छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै