• 2022-04-12

    नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
    काठमाडौं /चैत २९,२०७८

    हिसानको अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएको छ। भने महासचिवमा लोक बहादुर भण्डारी सर्वसम्मत
    निर्वाचित भएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को शनिबार राती सम्पन्न आठौँ महाअधिवेशनले सिलवालको अध्यक्षतामा १९ पदाधिकारी सहित ६१ सदस्यीय कार्यसमिति चयन गरेको हो।

    नयाँ कार्यसमितिको दुई वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे पुनः दोहोरिएका हुन। १४ उपाध्यक्षहरूमा टंकराज आचार्य, जीवनप्रकाश शर्मा , उमेश थापा , रामेश्वर अर्याल , डा. स्वागत श्रेष्ठ, ईश्वर पोखरेल , धरणीधर अधिकारी , हरिचन्द्र लामिछाने , रामहरी सिलवाल , लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भण्डारी , डा. लालबाबु यादव र बाबुराम पन्त निर्बिरोध निर्वाचित भएका थिए। महासचिवमा लोकबहादुर भण्डारी चयन भएको छ।

    सचिवहरुमा जयराम खनाल, डा. ऋषि तिवारी, राजेन्द्र अधिकारी, तिर्थ पोखरेल , कृष्ण केसी र आरवि अधिकारी निर्विरोध निर्वाचित भएका थिए। भने सह कोषाध्यक्षमा सह –कोषाध्यक्ष नरेन्द्र बहादुर अधिकारी निर्वाचित भएको थियो।

    तीनवर्षे कार्यकाल भए पनि कोभिड–१९ लगायतका कारणले पाँच वर्ष भइसकेका छन्। नवनिर्वाचित अध्यक्ष सिलवालले नेपालको शिक्षा समग्र विकासमा नयाँ योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।

    चैत २५ र २६ मा सम्पन्न महाअधिवेशनको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरेकाे थियाे। कार्यक्रममा शिक्षाको बहसको थालनी गरेका छन्।

    प्राज्ञिक बहसमा शिक्षामन्त्री देवेन्द्र पौडेल, राज्यमन्त्री उमेश श्रेष्ठ, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापा, डा. सुरेशराज शर्मा, प्रा.डा.तीर्थ खनिया, प्राडा.विद्यानाथ कोइराला, प्रा.डा. उपेन्द्र कोइराला, डा. हरी लम्साल, डा. महाश्रम शर्मा, डा.शान्ता दिक्षित, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, पदाधिकारी एवम् शिक्षाविद्ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। महाधिवेशनले साङ्गठनिक, आर्थिक र विधान प्रतिवेदन पारित गरेको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै