• Jana Kura

    • 2021-12-05

    टाेखालाइभ/मंसिर १९,२०७८

    उर्सुला वानेकीले गएका १६ वर्ष निकै व्यस्त भएर बिताइन् । उनी अखबार, टेलिभिजन मात्र होइन, कहिलेकाहीँ कुनै रेस्टुराँ उद्घाटन र बिहे भोजमा पनि एङ्गेला मर्केलको रूप धरेर जान्थिन् ।

    एक पटक एङ्गेला मर्केललाइ एउटा अखबारले समलैंगिक पोजका लागि अनुरोध गर्यो । उनले अस्वीकार गरिन् । अखबारले सोध्यो, तपाइँको नक्कलीलाइ प्रयोग गर्दा हुन्छ ?

    उनले आपत्ती जनाइनन् । र, एउटा जर्मन म्यागेजिनले समलैंगिक मुद्दामा मर्केलको समर्थन देखाउन यिनै उर्सुलालाइ प्रयोग गर्यो, अर्कै एक महिलासँग अन्तरङ्ग तस्बिर खिचेर ।

    मर्केलको चान्सलरी सकिँदैछ । यत्तिका वर्षको व्यस्ततापछि उनको दैनिकी के होला ? सोध्दा उनले भनेकी थिइन्, शायद किताब पढ्दै उङी बस्छु होला वा केक बनाउने प्रयास गर्छु होला ।

    सबैभन्दा दुःखको कुरा चाहिँ उर्सुलाको रिटायरमेन्ट हो । अब उनलाइ कसैले पुछ्ने छैन, कसैले उनलाइ उद्घाटनका लागि बोलाउने छैन, कसैले बिहेभोज या यस्तै केहीमा निम्त्याउने छैन । पूर्व एकाउन्टेन्ट उर्सुलाका व्यस्ततम दिनपछि अब के गर्ने होला भन्ने चिन्ता त्यति छैन किनभने उनका नातिनीहरूले अब हजुरआमालाइ घरैमा फेला पार्नेछन्, टिभीमा मर्केललाइ देखेर झुक्किने छैनन् ।

    कहिलेकाहीँ म केही सोच्दिनँ… समाचारको मज्जा मात्र लिने गर्छु…

    (तस्बिरमा सक्कली र नक्कली मर्केल । छुट्याउने जिम्मा भने तपाइँकै ।)

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै