टोखा लाइभ। २०७९ मंसीर ५ गते।
डा. किस्मत भण्डारी
हाम्रो देश नेपाल संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देशको रुपमा चिनिन्छ । यसै विषयवस्तुसंग संवन्धित रहेर चलचित्र उंचाईले हाम्रो देशको सगरमाथाको उचाईको अस्तित्वको निकै मीठो र सुन्दर तरिकाले चित्रण गरेको छ । यसका कारणले कुनै पनि व्यक्ति नेपाल हेर्न लालायित हुनुका साथै भ्रमण गर्नपनि मन आउने छन भन्म सकिन्छ ।
महान अभिनेता अमिताभ बच्चनको उत्कृष्ठ अभिनय,अनुपम खेर,वोमन ईरानी,डेनी,निना गुप्ता,सारिका र परिणिता चोपडा जस्ता धुरन्धर कलाकारहरुको समेत अभिनयलाई आहाभन्न सकिन्छ ! सुरज बडजात्या जस्ता महान शिल्पकारको निर्देशनमा बनेको यो चलचित्रले नेपाली पर्यटन क्षेत्रमा ठूलो योगदान दिनेछ साथै नेपाल र भारतको जनस्तरमा रहेको सम्वन्धलाई पनि अझै घनिष्ठ र मजबुत बनाउने छ भन्ने अनुमान गर्न सकिन्छ ।
यो चलचित्र संग सम्बव्धित निर्माता, निर्देशक र कलाकारहरुलाई नेपालमा सन्दर्भ मिलाएर सम्मान गर्नु आवश्यक देखिन्छ जसले गर्दा भविष्यमा यस्ता किसिमका अरु चलचित्रहरु बनाउन प्रोत्साहन मिल्नेछ ।
वास्तवमा यस चलचित्रले हाम्रो देश नेपालको उचाई बढाएको अनुभूति भएको छ ।