• 2021-09-27

    टाेखालाइभ डट कम/ असोज ११,२०७८

    बूढानीलकण्ठ नगरपालिकामा भएका सबै स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीले निरन्तर गर्नुपर्ने मासिक समिक्षा सम्पन्न गरेका छन्।  नगर जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालको प्रमुख आतिथ्यतामा स्वास्थ्य चौकीहरुले मासिक समिक्षा सम्पन्न गरेका हुन।

    समिक्षा कार्यक्रममा स्वास्थ्य केन्द्रहरूबाट नगरवासीलाई दिईने स्वास्थ्य सेवा अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको र राखिएका तथ्यांकहरु के कस्ता रहेका छन् निरीक्षण गरिएको परिवार नियोजन निरीक्षक उमेश गौतमले जानकारी दिएका छन्।

    बूढानीलकण्ठ नगरपालिकाको वडा नं.१ तौलुङ्ग चौतारास्थित स्वास्थ केन्द्रमा आयोजित मासिक समिक्षा कार्यक्रममा नगर जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, नर्सिङ निरीक्षक सम्झना कुँवर, परिवार नियोजन निरीक्षक उमेश गौतम लगायत सबै स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थिति रहेकोे थियो।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै