• Jana Kura

  • 2021-05-03

टोखा लाइभ । २०७८ वैशाख २० गते

काठमाडौं । सरकारले आज मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गरेको छ । सोमबारका लागि निर्धारित उडान भने जारी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले भारतबाट हुने सम्पूर्ण उडान रद्द गरेको छ ।

ब्राजिल र दक्षिण अफ्रिकाबाट समेत यात्रु नेपाल आउन पाउने छैनन् । अन्य अन्तर्राष्ट्रिय उडान यथावत रहने छन् । विदेशबाट आउने सबै व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा रहनु पर्छ । उनीहरुको साथमा पीसीआर नेगेटिभ अनिवार्य हुनुपर्छ ।

सरकारको पछिल्लो निणर्य अनुसार बुधबार (बैशाख २२) देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइने भएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै