टाेखालाइभ डट कम/ वैशाख १८, २०७८,
निषेधाज्ञा जारी भएका जिल्लामा हिजो आइतबारबाट सञ्चारकर्मीलाई पनि झन कडाइ गरिएको छो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको हो। यसअघि सम्बन्धित सञ्चारगृहको कार्ड भएका पत्रकारले आवातजावत गर्न पाउने व्यवस्था रहेकोमा अब देखि सूचना विभागको कार्ड अनिवार्य गरिएको हो।
सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ।
काठमाडाैं उपत्यकामा बिहीबारबाट १५ दिनका लागि निषेधाज्ञा जारी भएको हो। आइतबारबाट थप आठ जिल्लासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।