• Jana Kura

    • 2021-04-28

    टाेखालाइभ डट कम/ बैशाख १५ , २०७८

    फुसिंख्य  मनमयजु अजिमाको आज मुल जात्रा सम्पन्न  भएको छ । मनमयजु अजिमा जात्रा ल्हुती पुन्ही बालाजु बाइसधारा मेला देखि ४ दिन सम्म मनमयजु अजिमाको जात्रा हुने परम्परा रहेको छ।हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित ल्हुती पुन्ही अर्थात बाइसधारामा मेला त्यस दिन एका बिहानै नागार्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारामा स्नान लगत्तै मनमयजु जात्रा लाग्ने गर्छ।

     

    फुसिंख्यः मनमयजु अजिमा इन्द्रायणी मन्दिरको जात्रा एउटा यस्तो जात्रा हो जस्मा अजिमा स्वयं धामीको रूपमा प्रकट भै जात्रामा सरिक हुने परम्परा हजारौं वर्ष अघिदेखी चल्दै आइरहेको स्थानीय बासिन्दाहरु बताउछन्। अजिमा द्यः धामी हुनेले अजिमाको शक्तिं आफ्से आफ आफैमा अजिमा जागेर आउने स्थानीय बासीहरु बताउछन् । अजिमा धामी हुनेले जामा पहिरन लगाइ अजिमा द्यःको पात्र समाति पुजा थाप्दै थाप्दै अजिमा रथ  अगाडि सरिक हुने गरिन्छ।

     

    अजिमा धामीले पात्रय् द्यःजात्रा भएको बाटो भरि स्थानीयहरुले समयबजि चढाइ पुजा गरिन्छ र द्यः धामी भै बिराजमान हुदै लगलग काम्दै आउछन् ।

    फुसिंख्यः जात्राको पहिलो दिन अजिमा मन्दिरमा बृहत पुजाआजा गरि दिउँसो बोको बलि दिइ हाकुम्ह: धामी र ह्याम्ह:धामिले रगत खाने परम्परा रहेको छ। भने आज मु जात्राको भोलिपल्ट सुलं: र पर्सि अजिमा मन्दिरलाई भब्य पुजाआजा गरि नगर परिक्रमा गरि द्य:छें देव घरमा भित्र्याउने परम्परा छ।

    जात्राको रथमा गणेद्यःले नै नेतृत्व गरि अगुवा भै जात्रा अगाडि बढ्छ ।गणेश ( गणेद्यः)लाई गुथिका मुल थकालिले समाति ल्याइन्छ ।गणेश (गणेद्यः)लाई पनी ठाँउ ठाँउ समयबजि चढाइ  पुजा गरिन्छ।

    कोरोना महामारीबाट बच्न सामाजिक , सुरक्षा मापदण्ड अनुरुप सामाजिक दुरि कायम गरि भएको रथ जात्रामा आज दिन भरजसो चलेको जात्रामा कहि नबिसाइ जात्रा गरियो ।हिजो द्यःछेँ देव घरबाट गमय् देव स्थानमा लगेर मन्दिर द्यःलाई आज पीठं द्य :उठाएर जात्रा गरेको हो। पीठं द्यः(देवस्थान) उठाएर जात्रा गरेको रथलाई कहिँ पनि बिसाउनु हुदैन । रथ द्यः लाई बोकेरै पुजा ग्रहण गरिन्छ भने आज जात्रा सम्पन्न गरि द्यःछेँय् (देव घर) लागि रथ द्य: बिसाइ पर्सपल्ट पुनः द्यःछेँ बाट द्यः उठाएर जात्रा गरिने स्थानीयहरु बताउँछन्।

    रथ द्य: को अगाडि कुमारीको संगसंगै अरु मन्दिर द्यःको पनि पात्र बच्चाहरुले बोकेर ल्याइयो । पहिला यो पात्र पनि अजिमा द्यःको पात्र जस्तै मानिसले नै समाती आउने गर्छन् तर यो पात्र समात्नेहरु द्यः उठेर नआएको हुनाले बोकेर ल्याएको स्थानीय लक्ष्मण महर्जनले बताउनुभयो।

    तारकेश्वर नगरपालिकाको वडा ९ र १० मा विराजमान
    मनमयजु अजिमा जात्रामा दुई जना धामी एक जना गणेश धामी र अर्को अजिमा धामीसंगै तेह्र जना मन्दिर (झिंस्वम्ह द्य:)हरु हुने दोस्रो दिनको अजिमा मु: जात्रा यस्पाली धुमधामका साथ सम्पन्न भएको फुसिंख्य: मनमयजु अजिमाका पुजारी मैयाँ महर्जनले बताइन् ।

     

    स्थानीय गुठियार लक्ष्मण महर्जनका अनुसार मनमयजु अजिमाको जात्राको स्थानीय जात्रा मुक्कं स्थानीय द्य: खल: गुठियारहरुको आयस्ताबाट संचालन भै परापुर्वकाल देखि निरन्तर अगाडि बढी रहेको जात्रा हो , जस्लाइ अहिलेसम्म जात्रालाई न सरकारी बजेट नै पर्न सकेको छ न नगरपालिकाको बजेट नै परेको छ ,राज्यले उपेक्षा गरिएको छ।

    मनमयजु अजिमा काठमाडौंको उत्तर-पश्चिम कुनामा ल्हासा (तिब्बत) जाने बाटोमा पर्ने महत्वपूर्ण अजिमाको रूपमा पुज्ने गरिएको छ।
    कोभिड १९ संक्रमणका कारण गत वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बाइसधारा मेला संगै मनमयजु अजिमा जात्रा पनि सामान्य पुजा आजामै सिमित गरिएको थियो।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै