• 2020-06-04

    टोखा लाइभ । वलिउड अभिनेत्री मनीषा कोईराला स्थलमार्ग बाट भैरहवा नाका हुँदै स्वदेश आएकी छन्।लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचार माध्यमले उनलाई विवादमा तानेका थिए।

    मंगलवार बेलहिया नाकाबाट मनिषा कोईराला घर फर्किएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले टोखा लाइभलाई जानकारी दिए।उनी आफ्नो बुबा र आमासंगै निजी गाडीबाट नेपाल आएकी हुन् ।मनिषाको पछिल्ला टिका टिप्पणीलाई लिएर भारतीय संचार माध्यमले उनलाई व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै