शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २०७७ चैत १७ गतेदेखि २० गतेसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
गत शुक्रवारदेखि नेपाली वायुमण्डलमा आकस्मिक रूपमा देखा परेको प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने दृष्टिगत गरि शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले शिक्षण संस्था चारदिनको लागि बन्द गर्ने निर्णय गरेको हो। विज्ञहरुले जनाए अनुसार यस्तो वातावरणीय अवस्था अझै केही दिन रहन सक्नेछ। त्यसैले बालबालिका तथा वृद्धहरुलाई अझै स्वास्थ्य प्रति सचेत रहनुपर्ने देखिएको छ। शिक्षा मन्त्रालयले विद्यालय बिदा रहेको अवधिमा आफ्ना बालबालिकालाई घरमै बस्ने व्यवस्था मिलाउन पनि अभिभावकलाई अनुरोध गरेको छ। त्यस्तै बूढानीलकण्ठ नगरपालिका शिक्षा महाशाखाले पनि मन्त्रालयको विज्ञप्ति अनुसार गर्न गराउन निर्देशन गरेको छ।


