• Jana Kura

  • 2020-06-01

कपिलवस्तु / कपिलवस्तुका सात जनासहित १३ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।

पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष रहेको जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै