• Jana Kura

    • 2020-12-09

    हिमालको शिर, झुक्दैन कहिले पनि ।
    मानवतालाई धनले, पुग्दैन कहिले पनि ।

    सयौं पटक बोल्ने गर तिमी, झुटो कुरा,
    तर यहाँ सत्य कुरा, लुक्दैन कहिले पनि ।

    आँसु त मेरो, समुन्द्रको महासागर भो,
    सुर्यको रापले, सुक्दैन कहिले पनि ।

    अरुको रीस नगरी, आफ्नै काम गर्ने गर्छु ,
    दुनियाँले यहाँ आएर, थुक्दैन कहिले पनि ।

    आफ्नै यात्रामा, खुरुखुरु हिंड्नुपर्छ सधैं,
    छाडा कुकुर पनि, भुक्दैन कहिले पनि।

    पटकपटक हिमाल चढ्ने खोसिस्स मात्र गर
    जिन्दगीका रंगीचंगी पाइला कहिले टुट्दैन।

    आफू हेर्ने आखाहरु हिमाल हेर्ने गर
    तिम्रा आँखा बन्द गर्न आउने छैनन् कोहि ।

    • देवजङ्ग शाही
    पशुपति मित्र मा. वि
    काठमाडौं 7 चाबहिल।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै