• Jana Kura

  • 2020-05-25

१२ जेष्ठ २०७७, सोमबार ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अफ्ठ्यारोमा परेका सबै नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि कार्ययोजना बनिरहेको उनले जानकारी दिए ।

उनले भारतबाट आउने व्यक्तिलाई उपयुक्त तवरबाट कोरोना परीक्षण हुन नसक्दा समुदाय स्तरमा कोरोना फैलिएको समेत स्वीकार गरे ।

आगामी दिनमा कोरोना भाइरसको परीक्षण बढाउँदै जनसंख्याको कम्तिमा दुई प्रतिशतमा कोरोना परीक्षण हुने उनले जानकारी दिए ।

उनले विदेशबाट आउने कुनै पनि मानिसलाई असमान व्यवहार नगर्न र विदेशबाट आएका मानिसले समेत परिवार र समाजलाई कोरोना हुनबाट जोगाउन उचित भूमिका खेल्न आग्रह गरे ।

उनले स्वस्थ रहेर यो रोगसँग लड्न सकिने भन्दै रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै