• 2024-02-24

काठमाडाैं, १२ फागुन । ‘अविरल जनसाहित्य यात्रा’मा सिन्धुपाल्चाेकका प्रगतिवादी कवि त्रिलाेचन आचार्यकाे एक दर्जन कविता वाचन गरिएकाे छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष काठमाडाैंकाे बागबजारमा शनिबार आयोजना गरिएकाे एकल कविता वाचनकाे ८७ औँ शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यमा सशक्तढङ्गले कलम चलाइरहेका प्रगतिवादी कवि त्रिलोचन आचार्यका एक दर्जन कविता वाचन गरिएकाे हाे ।

उक्त समारोहमा प्रगतिवादी कवि त्रिलाेचन आचार्यकाे एक दर्जन कविताहरूमा युवा तिमी, फूलहरू, आमाकाे चाहना, उठाउँछाै माथि माथि, समानता मिल्छ कहाँ गइ र पाँच मुक्त्तकहरू कवि स्वयंले वाचन गर्नुभएकाे थियाे भने कविका जान्नेहरू हाे उठ कवि जगन्नाथ आचार्य, म नेपाली, कवि शार्दुल भट्टराई, जुकाहरू, कवि डिल्लीप्रसाद मूल्तपहुन, हली, कवि दिल कार्की, श्रम मन्दिरमा, कवि साधुराम नेपाल, बन्छ नेपाल कैले, कवयत्री राधिका सापकाेटाले वाचन गर्नुभएकाे थियाे ।

नेपाली प्रगतिवादी साहित्यमा सशक्तढङ्गले कलम चलाइरहनुभएका प्रगतिवादी कवि त्रिलोचन आचार्यकाे कवितामा सिन्धुपाल्चाेकका बरिष्ठ साहित्यकार तथा कवि, मानव अधिकारकर्मी डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)ले कविको व्यक्तित्व तथा कृतित्वका साथै वाचन गरिएका कविता बारेमा समेत परिचर्चा गर्नुभएकाे थियाे । उहाँले प्रगतिवादी कवि त्रिलोचन आचार्यले २०४५ सालदेखि रचिएकाे कविताले अहिलेपनि रूपान्तरणकाे पक्षका वकालत गरेकाे बताउनुभयाे ।

कवि आचार्यकाे कविता २०८०साल सम्म् आउँदा पनि प्रगतिवादी भएकै कारण सशक्त भएकाे उहाँले बताउनुभयाे । २०४७ साल भन्दा अगाडीकाे निरंकुस समयमा पनि कविता लेख्नु गर्वकाे विषय भएकाे भन्दै समालाेचक डा. सुवेदीले सिन्धुपाल्चाेकका वरिष्ठ कवि जगन्नाथ आचार्यले मदन भण्डारीलाई चिनाउने काम गर्नुभएकाे बताउनुभयाे ।

उक्त समारोहमा राष्ट्रिय जनसाहित्यिक संघ नेपालका उपाध्यक्ष तथा शब्द संयाेजन साहित्यिक मासिकका प्रधान सम्पादक रमेश पाेखरेलले कविको व्यक्तित्व तथा कृतित्वका साथै वाचन गरिएका प्रगतिवादी कवि त्रिलाेचन आचार्यका कविताहरूमा प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि, अध्यक्ष राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, सभाध्यक्ष तथा राष्ट्रिय जनसाहित्यिक संघ नेपालका अध्यक्ष राम विनय, कार्यक्रम संयाेजक हरिप्रसाद सिलवाल तथा कार्यक्रम सञ्चालक ज्ञानु विद्राेहीलगाएत सयाैंकाे संख्यामा साहित्यिक श्रष्टाहरूकाे उपस्थिती रहेकाे थियाे ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै