• Jana Kura

  • 2026-03-07

 

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।
पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५८६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेका छन् भने घिसिङले ११ हजार १७१ मत पाएका छन्।
यसैगरी सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयालले ३ हजार ५१६ मत पाएका छन्।
यो जितसँगै रास्वपाले काठमाडौँमा आफ्नो प्रभाव विस्तार गरेको छ। यसअघि रास्वपाले काठमाडौँ–१, काठमाडौँ -५ , काठमाडौं –६ र काठमाडौँ–८ मा जित हासिल गरिसकेको छ। काठमाडौँ – ४ , र काठमाडौं –३ को जितसँगै काठमाडौँमा रास्वपाको पाँचौ  विजय भएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै