• Jana Kura

  • 2025-09-28

काठमाडौँ, १२ असोज।
गत भदौ २३ र २४ गतेको ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको बीमा दाबी अहिले सम्मै अभूतपूर्व स्तरमा पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा दाबीको रकम रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको दाबी भइसकेको छ।

प्राधिकरणले दिएको जानकारीअनुसार, हालसम्म कूल २,९८८ वटा बीमा दाबी दर्ता भएका छन्।

  • सम्पत्ति बीमा : ५९४
  • मोटर बीमा : २,२०९
  • इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा : १४४
  • परिवहन बीमा : ११
  • अन्य बीमा : ३०

सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशमा परेको छ, जहाँ १,६०८ वटा आवेदन दर्ता भएका छन्।
अन्य प्रदेशहरूमा दर्ता भएका दाबी यसप्रकार छन् :

  • कोशी : ३७७
  • मधेश : ३२३
  • गण्डकी : २१९
  • लुम्बिनी : २५४
  • कर्णाली : २५
  • सुदूरपश्चिम : १८२

बीमा प्राधिकरणका अनुसार भौतिक क्षति धेरै भएकाले अझै पनि नयाँ दाबी थपिने अनुमान गरिएको छ।

बीमा कम्पनीहरूमा परेको दाबीको विवरण :

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : रु ५ अर्ब ४५ करोड ९३ लाख
  • दि ओरियन्टल इन्स्योरेन्स : रु ५ अर्ब २३ करोड २४ लाख
  • आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स : रु २ अर्ब ७९ करोड ६६ लाख
  • शिखर इन्स्योरेन्स : रु २ अर्ब ३९ करोड १३ लाख
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स : रु १ अर्ब ५७ करोड ५९ लाख

मुलुकभरका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा हालसम्म दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै