• Jana Kura

  • 2025-07-30

 

काठमाडौं, १४ साउनः
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन्। बैठकमा “नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन)” सम्बन्धी विषयमा प्रधानमन्त्री ओलीले आफ्ना धारणा राख्ने कार्यक्रम छ।

बैठक आज अपराह्न बस्नेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्ने अध्ययन प्रतिवेदनमाथि सांसदहरूले राखेका जिज्ञासामा प्रधानमन्त्रीले जवाफ दिनेछन्।

प्रधानमन्त्रीको सम्बोधनसँगै नेपालले विकासको यात्रामा चालेका कदम र आगामी तयारीबारे जानकारी हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको निजी सचिवालयले यो जानकारी दिएको हो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै