• Jana Kura

  • 2025-05-28

 

काठमाडौँ, १४ जेठ — ‘भिजिट भिषा’ प्रकरणमा अनियमितता देखिएको भन्दै प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री लेखक घटनाका जिम्मेवार भएको ठहर गर्दै तुरुन्त राजीनामा दिनुपर्ने माग राखेको हो। बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले भने, “जबसम्म गृहमन्त्रीले पद छोड्दैनन्, तबसम्म सदन चल्न सक्दैन।”

सांसद साहका अनुसार, बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोन संवाद पनि भएको थियो।

विपक्षी दलहरूले गम्भीरतापूर्वक उठाएको यो मुद्दाले संसद्को वातावरण तनावपूर्ण बनाएको छ। गृहमन्त्रीको चुप्पी र सरकारको प्रतिक्रिया प्रतिक्षामा रहेको विपक्षीहरूले चेतावनी दिँदै भनेका छन्— “उत्तर नआएसम्म सदन अवरुद्ध हुनेछ।”

संसद्मा यतिबेला ‘भिजिट भिषा’ को नाममा भइरहेको भनिएको दुरुपयोग र अनियमितता मुख्य बहसको विषय बनेको छ। जनता र राष्ट्रको हितका लागि सत्य खुलाउन दबाब दिन विपक्षीहरू आक्रामक देखिएका छन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै