• Jana Kura

    • 2025-05-26

    , १२ जेठ । सङ्खुवासभामा दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

    आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका–१ बाट गत शुक्रबार पक्राउ गरिएको हो । उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ ।

    प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै