• Jana Kura

  • 2025-05-12

 

काठमाडौँ, वैशाख २९ – काठमाडौँको व्यस्त क्षेत्र सुन्धारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार दिउँसो काठमाडौँ मल अगाडिको सडकखण्डमा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ४६ वर्षीय सन्तोषकुमार गुरूङ गम्भीर घाइते भए। ललितपुरको इमाडोल बसोबास गर्दै आएका गुरूङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको हो। उनी तनहुँको आँबुखैरेनी स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक व्यक्ति र अर्को मोटरसाइकलका चालक घाइते छन्। उनीहरूलाई पनि ट्रमा सेन्टरमै उपचार गरिँदैछ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै