• Jana Kura

    • 2025-04-27

    नविना श्रेष्ठ
    बैशाख १४, २०८२

    “मातृदेवो भव” — वेदको वाणी।
    माता भगवान् हुन्। जति देवता भए पनि आमाको बराबरी कोही छैन। गर्भमा हुँदा होस् या मृत्युपछि, आमाप्रतिको सम्मान कहिल्यै मर्नु हुँदैन। जीवनका हाँसो, खुसी, मिलन, आँसु, पीडा, विछोड सबैका बीचमा अमिट साथ दिने एक मात्र व्यक्ति — आमा।

    प्रत्येक वर्षको जस्तै, आज पनि मातातीर्थ औँसीको अवसरमा मच्छिन्द्र बहालमा भक्तजनको ठूलो भिड लागेको थियो। बिहानैदेखि श्रद्धालुहरूको ओइरो लागेको थियो। मातातीर्थ र गोकर्णेश्वर जान नसक्नेहरू यहाँ आइपुगेका थिए। आर्यालोकिर्तेश्वर माईको दर्शन गर्दै आफ्ना पितृहरूको सम्झनामा तर्पण दिने परम्परा निभाइरहेका थिए।

    यस अवसरमा मच्छिन्द्र क्लब र मच्छिन्द्र क्यूका रोबर रेन्जरहरूले विगतझैं सेवा गरेका थिए। नेपाल प्रहरी र क्लबका पदाधिकारीहरू पनि सुरक्षामा जुटेका थिए। वर्षौंदेखि मच्छिन्द्र क्लबले यो सेवा कार्यलाई निरन्तरता दिँदै आएको छ।

    अन्तर्राष्ट्रिय जगतमा पनि आमाप्रतिको श्रद्धा कम छैन। अमेरिका, क्यानडा लगायतका देशहरूमा मे महिनाको दोस्रो आइतबार मदर्स डे धूमधामले मनाइन्छ।

     

     

    आमा — जीवनका निर्विकल्प सारथी।
    जन्मदेखि मृत्युसम्मको यात्रामा हाँसो, रोदन, मिलन र विछोड सबै देखिन्छ। तर यी सबै समयलाई धैर्यपूर्वक सम्हाल्न र अघि बढाउन सिकाउने एक मात्र शक्ति आमा हुन्। संसारको सबैभन्दा धनी व्यक्ति पनि मातृऋणबाट कहिल्यै उऋण हुन सक्दैन।

    आमाको मायाको कुनै म्याद हुँदैन।
    आमाको माया यस्तो अमूल्य औषधि हो, जसले थकित जीवनमा आशाको ज्योति बालिदिन्छ। आफूका लागि बाँच्ने धेरै हुन्छन्, तर सन्तानका लागि जीउने निस्वार्थ भावनाले मात्रै आमा बनिन्छ।

    आज मातातीर्थ औँसी — आमाको मुख हेर्ने दिन।
    धेरैले प्रश्न गर्छन् : किन आमाको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने ? किनभने आजको दिन आमाको अनुहार हेर्ने मात्र होइन, उनको माया र समर्पणलाई हृदयदेखि सम्झिने दिन हो।
    भनिन्छ — “जूनले पनि आमाको सुन्दरतासँग प्रतिस्पर्धा गर्न सक्दैन।” त्यसैले त आमाको मुख हेर्ने दिन सधैं औँसीमा पर्दछ।

    सबै गुरुहरूभन्दा महान् गुरु — आमा।
    आजको दिन, हरेक आमाप्रति सम्मान प्रकट गरौं।
    मातातिर्थ औंसी /ह्याप्पी मदर्स डे।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै