• Jana Kura

  • 2025-04-24

न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्काउन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेलले जानकारी दिएका हुन् ।

उनका अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो ।

आदेशमा भनिएको छ- ‘शिक्षकको निरन्तरको आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै शिक्षकका जायज माग सम्बोधन गर्न, एसईईको नतिजा प्रकाशन र १२ कक्षाको परीक्षा सञ्चालन गाराउनु ।’

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै