• Jana Kura

    • 2024-11-17

    कीर्तिपुर मङ्सिर २ ÷ देशका विभिन्न भागमा रहेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क आँखा जाँच शिविर साथै निःशुल्क आँखा शल्यक्रिया गरेर अहिलेसम्म हज्जारौँलाई सेवा प्रदान गरिसकेको युवा नेत्र सेवाले आफ्नो २८ औँ शिविर सम्पन्न गरेको छ ।
    नगरमण्डप श्रीकीर्ति विहार, कीर्तिपुरमा बौद्ध स्तूप अगाडि सम्पन्न कार्यक्रममा यसपटक विभिन्न स्थानबाट आएका ४० जनालाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया सहित औषधी प्रदान गरिएको हो ।


    सेवाका अध्यक्ष तथा नेत्र अनुसन्धान विज्ञ सिद्धार्थ रञ्जितको सभापतित्वमा सम्पन्न शिविर समापन समारोहमा प्रमुख अतिथिका रुपमा आँखा उपचारका लािग एक कप चिया दान अभियानका आजीवन सदस्य तथा मित्रराष्ट्र जर्मनीका समाजसेवी सिमोन डाग्मारले असहायहरुका लागि आँखा उपचारका लागि एक लाख रुपियाँ हस्तान्तरण गर्नुभयो । उहाँले २२ वर्षअघि सन् २००२ मा पहिलो पटक नेपालको भ्रमण गर्नुभएर त्यसपछि पनि पटक–पटक नेपालका विभिन्न भू–भागमा रहेका आर्थिक रुपमा विपन्न समुदायलाई आर्थिक तथा भौतिक सहयोग पु¥याउँदै आउनुभएको छ ।
    सेवाका महासचिव रोशन राज महर्जनले स्वागत गर्नुभएको कार्यक्रममा प्रा. डा. सुधीर गौतमले पनि मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा मित्रराष्ट्र जर्मनीका समाजसेवी सिमोन डाग्मार, पत्रकारहरु कुमार रञ्जित, सिल्भिया राजोपाध्याय र बुद्ध शरण शाही साथै स्वयंसेवीद्वय बासु पाख्रिन र बोध कुमारी बजगाईलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै