• sanu dangol

    • 2024-09-24

    असाेज ६,२०८१

    नेपाल स्काउट स्थानीय पालिका हेटौंडा उपमहानगरपालिकाको आयोजनामा दशैं, तिहार छठको अवसरमा शुुभकामना आदनप्रदान तथा एड्भान्स स्कार्फ शुुसोभन कार्यक्रम पालिकाको आयुक्त अनिल आचार्यको सभाध्यक्षता एंव राष्ट्रिय प्रशिक्षक पुर्व जिल्ला आयुक्त बेली थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    नेपाल स्काउटको सन् २०३२ सम्म सात लाख स्काउट संख्या पुर्याउने लक्ष्यलाई मध्यनजगर गर्दे हाल हेटौंडा उपमहानगरपालिका भित्र तिव्र रुपमा स्काउट ईकाई संचालित भई २७ वटा विद्यालयमा स्काउट शिक्षा कार्यक्रम संचालन भइरहेको छ । स्काउट युवा कार्यक्रमको नीति तथा नेपाल स्काउटले तोकिएको पाठ्यक्रम बाहिर रही स्काउट ईकाई संचालन गर्ने विद्यालयलाई स्काउट अनलाईन पोर्टलमा दर्ता गरी आवश्यक मापदण्ड पु्याउने र विद्यालय अनुुगमन गर्ने नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य कार्यक्रमका विशिष्ट अतिथि अशोक सारु मगरले बताए ।

    संघीय संरचनामा गए पछि नेपाल स्काउटको जिल्ला संरचना विघठित भई निर्वाचित स्थानीय पालिका समिति आएर जिम्मेवार बहन गरी कार्य गर्देै आएकोमा स्थानीय स्काउट कार्यालयले विभिन्न कार्यक्रममा बारम्बार निमन्त्रणा गरेता पनि कार्यक्रममा सहभागी नहुनु , मनलाग्दी स्काउट युनिफर्म सामग्री बिक्री वितरण गर्नु र तत्कालिन नगर स्काउट तदर्थ समितिले औपचारिक रुपमा हरहिसाबको हस्तान्तरण नगर्नु असल स्काउट हुन सक्दैन । सहमती सहकार्य गरी सबै विधालयमा एकरुपता कायम गर्न स्काउट कक्षा गर्न र परिमार्जित स्काउट पाठ्यक्रम भन्दा बाहिर बसेर स्काउट संचालन गर्नु गलत स्काउटिङ शिक्षा हुने कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक तथा पुर्व जिल्ला आयुक्त बेली थापाले बताउनुभयो ।

    नेपाल स्काउटको एड्भान्स तालिम लिई चौथो चरणको प्रकृया पुरा गरी नतिजा प्रकाशन भएर नामावली आएका स्काउटर डेमिज थापा, सुमित्रा लामा, शर्मिला ढकाल, शारदा मैनाली, शान्ता घलान, सिता भ्लोनलाई सपथ खुवाई राष्ट्रिय प्रशिक्षक बेली थापाले एड्भान्स स्कार्फले शुसोभन गर्नु भएको थियो ।

    सोही अवसरमा अमेरिका बसाईका लागि जान लाग्नु भएका श्रमिक स्काउट ट्रुपका स्काउटर शान्ता घलान लाईमायाको चिनो प्रदान गरी विदाई कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा पुर्व जिल्ला सदस्य कृष्णमाया लटौला, राष्ट्रिय सहायक प्रशिक्षक लक्ष्मी थापा, पूूण्यशिला श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अप्सरा पण्डित, हिमलाल वाग्ले लगायतले शुुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न विधालयका स्काउटर, शिक्षक तथा पेन्गोलिन ओपन क्यू र मनहरी ओपन क्यूकाे रोभर रेन्जरको सहभागीता रहेको थियो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै