काठमाडौं १४ भाद्र/ कृष्ण जन्माष्टमीको अवसरमा भोलीदेखि काठमाडौंको ठमेल स्थित होटल आर्ट्समा श्री कृष्ण शिर्षकका कला प्रदर्शनी आयोजना हुने भएको छ।
कला प्रदर्शनीको प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिस्थानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले उद्घाटन गर्ने जनाएको छ।
श्री कृष्ण शिर्षकका कला प्रदर्शनीको आर्ट बुम, होटल आर्ट्स काठमाडौं, ज्योति आर्ट्स, स्प्रिचुअल आर्ट्स, याल आर्ट्स ग्यालरी र पाण्डा मोसनको सयुक्त आयोजनामा प्रदर्शनी हुने आयोजक मध्य एक
ज्योति आर्ट्सका अध्यक्ष ज्योती खड्काले बताइन् ।
एक साता सम्म चल्ने कला प्रदर्शनीमा यसपटक १९ जना कलाकारले सृजना गरेका कृष्ण शिर्षकका २४ वटा सृजनाशिल कलाहरु प्रदर्शनी समावेश गरिएको
आर्ट बुमका अध्यक्ष रत्न शाक्यले बताउनुभयो ।

प्रदर्शनीमा कलाकार रत्न शाक्य , खिलेन्द्र तुलाधर ,प्रकाश मिजार,सरला श्रेष्ठ,मलिका उदास,सुष्मा श्रेष्ठ, राधेश्याम मुल्मी,एस्ना महर्जन ,जुनु माली श्रेष्ठ,बबिता लाल, रन्जना लाल,सविता चित्रकार ,सरला नकर्मी ,ज्योती खड्का ,गोविन्द लाल सिंह डंगोल ,रुजल बज्राचार्य ,विकास घिमिरे , सजित लक्ष्मी श्रेष्ठ , चिरञ्जीवी भट्ट,सजनी श्रेष्ठ लगायत कलाकारका कला समावेश गरिने जनाएको छ।
ज्योति आर्ट्सका अध्यक्ष ज्योती खड्काले एक अर्कालाई जोड्ने र बुझ्ने संसारको सबैभन्दा फराकिलो अभिव्यक्त विधि भएको बताइन् ।उहाँ भन्छिन । “कृष्ण अष्टमीको अवसरमा यो प्रदर्शनी मार्फत देशमा प्रेम फैलाउने सबैभन्दा आर्ट थेरापी र ठूलो अवसर हो र हामी प्रायः सक्षम पनि छौं। टोलीको ठूलो सहयोगमा यस प्रदर्शनीलाई समन्वय गर्न र धेरै शान्ति र बलियो जडान र हृदयले महसुस गर्न। यस प्रदर्शनीका सबै सदस्यहरूलाई फेरि पनि धन्यवाद चाहन्छु । ”
४ वर्ष अघि कोभिडको बेला फरक काम फरक तरिका फरक विचार भएका सृजनशील ११ जना साथीहरूबाट स्थापित यो समूह आज पाँचौ पटक पुग्दा करिब १५ औं कला प्रदर्शनी गर्न पाउदा आफू गौरवान्वित भएको आर्ट बुमका अध्यक्ष रत्न शाक्यले बताउनुभयो ।
अध्यक्ष शाक्यले आर्ट बुमको मुख्य उद्देश्य कला र सृजना प्रति काम गर्नु रहेको जनाउदै उत्साही भएर निरन्तर अघि बढ्ने प्रतिबद्धताका साथ
कलाको माध्यमबाट सौन्दर्य , शान्ति, सदभाव, माया प्रेम ,सृष्टिलाई कलाको बेजोड रङ र उमंग दिई फरकधारको श्रृङ्गार रस प्रदान गरौं भन्ने उद्देश्यले
कृष्ण जन्माष्टमीको अवसरमा श्री कृष्ण भगवान्को शिर्षकमा कला प्रदर्शनी गर्ने जमर्को गरिएको प्रदर्शनीमा सहभागी सम्पुर्ण सहकर्मी कलाकार साथीहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
