नविना श्रेष्ठ
काठमाडौं १२ भदौ / नेपाल स्काउट स्थानीय पालिका समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २०८१ भाद्र ८ देखि १० गते सम्म संचालित २ राते ३ दिने प्रथम हेटौंडा उपमहानगरपालिका स्तरीय स्काउट पेट्रोल लिडर तालिम सम्पन्न भएको छ ।हेटौंडा भित्र स्काउट संचालन भएको १७ वटा ट्रुप बाट छात्र छात्रा गरी १२० जना सिनियर स्काउटहरु सहभागी भएको थियो । नेपाल स्काउटको युवा कार्यक्रम अन्तर्गत विद्यालय तहमा स्काउट इकाइ गठन भएको स्काउट ट्रपका दल नायक तथा टोली नायकहरु तालिममा सहभागी भएका थियो । भने स्काउट संचालन भएका विद्यालयहरूमा एकरुपतामा स्काउट कार्यक्रम र्सचालन गर्न र नेपाल स्काउटको परिमार्जीत विभिन्न विषयहरुमा जानकारी गराई नेतृत्व विकाश गर्नको लागि तालिम संचालन भएको हो। ३ दिन सम्म संचालन भएको पेट्रोल लिडर तालिममा नेतृत्व विकाश , दल तथा टोली नायक परिषद् प्रणाली, विपतमा डोरीको प्रयोग र अभ्यास, बालअधिकार, समुह परिचालन र कार्यक्रम निर्माण, प्राथमिक उपचार, स्काउटका विभिन्न झण्डाको प्रकार र यसको प्रयोग, ब्याज तथा विभिन्न जिवनउपयोगी सिपहरु सिकाएको थियो । प्रतियोगात्मक रुपमा विपतको समयमा बिना भाडो खाना बनाउने, जंगल पदयात्रा तथा सर्वधर्म सभा कार्यक्रम समेत आयोजना गरेको थियो।

भाद्र ८ गते औपचारिक उद्घाटन भएको कार्यक्रम नेपाल स्काउट स्थानीय पालिका समितिका प्रमुख आयुत्त अनिल आचार्यको सभाध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष सुनिल मोत्तानको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रथम पेट्रोल लिडर तालिमको कोर्ष लिडर अशोक सारु मगर र लक्ष्मी थापा , स्काउट स्थानीय पालिका थाहा नगरपालिका प्रमुख आयुक्त गणेशमान श्रेष्ठ, बागमती स्काउट स्थानीय पालिका प्रमुख आयुक्त राजकुमार राई , राष्ट्रिय परिषद्का सदस्य सुरेन्द्रका रन्जित लगायतका अतिथिहरु रहनु भएको थियो। तालिममा शिवकुमाार त्वयना, अशोक सारु मगर, लक्ष्मी थापा ,शसीलराज गिरी, सौजन डिसी, अनिल आचाय, इन्द्रमणि दाहाल, दिक्षा दाहाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।