• 2024-08-04

काठमाडौँ, १९ साउन / नेपालले भारतविरुद्ध काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ ।  त्रिपुरेश्वरस्थित कभर्ड हलमा शनिबार भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।नेपालले पहिलो, तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो ।तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो । तर फेरि चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । प्रतिस्पर्धात्मक र रोमाञचक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले १५–१३ को जित निकाल्यो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै