• 2024-07-28

काठमाडौं १३ श्रावण / नेपाल भाषा, भेषभुषा,कला संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले स्थापित नेवाः गुथि तोखाको अध्यक्षमा पुनः रमेश नापित सर्वसम्मत चयन भएका छन । शनिवार ऐतिहासिक सपनतिर्थ मन्दिर परिसरमा सम्पन्न भएको गुथिको सातौं अधिवेशनले रमेश नापितलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेका हुन् ।

यस अघि उनी २०७७ मंसिर ७ गते नेवा : गुथि टाेखाको निवर्तमान अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा सम्पन्न भएको नेवा : गुथि टाेखाको बृहत छैठाैं अधिबेशनले रमेश नापित २१ जना नयाँ कार्यसमितीको नेतृत्व गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।

नेवाः गुथि टाेखाको सातौं अधिवेशनबाट रमेश नापितको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । त्यस्तै सुर्यमान डंगोल (वरिष्ठ उपाध्यक्ष), रामलाल मर्हजन (उपाध्यक्ष), हेरकाजी डंगोल (महासचिव), महेश्वरी डंगोल (कोषाध्यक्ष), हरिकृष्ण श्रेष्ठ (सहकोषाध्यक्ष), प्रकाश डंगोल र निरञ्जन डंगोल (सचिव) रहेका छन् । त्यस्तै, सदस्यमा श्रीमाया डंगोल, हेरादेवी श्रेष्ठ, दिया जोशी, निशा डंगोल, सानुकाजी डंगोल, हरिभक्त श्रेष्ठ,राजकाजी श्रेष्ठ, सिद्धिलाल मर्हजन, प्रकाश डंगोल, ज्ञानुकाजी श्रेष्ठ, हेरकाजी श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, राजिव श्रेष्ठ, हरिनारायण श्रेष्ठ,कर्ण ब. डंगोल, सुरेश श्रेष्ठ, सञ्जय डंगोल, आशा नारायण श्रेष्ठ, किरण श्रेष्ठ, रमेश डंगोल, धर्मराज कर्माचार्य, रजनी डंगोल, खुशी डंगोल, सन्दिपा डंगोल, बिना लोप्चन श्रेष्ठ,रबिना श्रेष्ठ, मंगलमाया श्रेष्ठ, सुमि श्रेष्ठ, सुमित्रा मर्हजन, सम्झना डंगोल, नरदेवी श्रेष्ठ, सन्ध्या श्रेष्ठ र सानदेवी श्रेष्ठ रहेका छन्। भने, सल्लाहकारमा मोतिलाल श्रेष्ठ,गणेशमान श्रेष्ठ, माईला डंगोल, अष्टनारायण डंगोल, हेमराज श्रेष्ठ, देवराज डंगोल, हरिदास श्रेष्ठ, मनिष जोशी र सत्य नारायण. डंगोल रहेका छन् । टोखा नगरपालिका-३का वडाध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा गुथिका अध्यक्ष रमेश नापितले नेवारी समुदायका युवाहरुलाई विभिन्न तालिमको ब्यवस्था गरी नेवारी भेषभुषा, संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षणको लागि आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा गरेका गतिविधि बारेमा जानकारी गराए भने कोषाध्यक्ष महेश्वरी डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै