मलाई कोर्न देऊ मेरो मनको कथा मलाई भन्न देऊ मेरो मनको व्यथा कोही त सुनिदेऊ कोही त बुझिदेऊ मेरो मनको कथा, मेरो मनको व्यथा
काठमाडौं १३ असार । गीतकार उर्मिला बस्नेत कार्कीकाे शब्द र बालगायीका टेरेशा विश्वकर्माको स्वरमा`मनको कथा´ बोलको गीत सार्वजनिक भएको छ ।सङ्गीतकार हरि लम्सालकाे सङ्गीतमा उक्त गीत बजारमा आएकाे हाे । गीतकार उर्मिला बस्नेत कार्कीले उक्त गीतका शब्द रचना गरेकी हुन् ।
गीतकाे भिडियोमा बुबाआमा एक आपसमा बिछोडिँदा बच्चाहरुको कलिलो मानसपटलमा कतिसम्म चोट पर्छ भन्ने विषयलाई राम्रोसँग उतार्न खोजिएको छ ।
भिडियोमा घटना परि घटनाले बाल मनोविज्ञानमा कस्ताे असर गर्छ भन्ने दर्साउन खोजिएको छ l बच्चाले आफ्ना समस्या खुलेर भन्न सक्ने न समाजले बुझ्न सक्ने यथार्थभित्र वर्तमान समाज जकडिएको छ । यो गीत एउटा गीत मात्र नभएर पछिल्लो समयमा देखिएको यथार्थ पनि हो ।
गीतमा चन्द्र चौधरीको ध्वनि सम्पादन तथा सम्मिश्रण रहेको छ । दिनेश पराजुलीको छायाङकन, विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको यस गीतकाे भिडियोमा गायिका टेरेशा सहित सुवाश, सोनिका र अन्विशा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । `मनको कथा´ गीतकार उर्मिला बस्नेत कार्की