काठमाडाैँ, ६ जेठ : प्रजातान्त्रिक सेनानी तथा भाषा निभा:प्रेमबहादुर कंसाकारको १०७ अाैं जयन्ती रत्न राज्य लक्ष्मीक्याम्पस नेपाली तथा नेपालभाषा विभाग र सुकुन्दा साहित्य पा: लाको आयोजनामा ३२ नं सभाहलमा शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले आयोजकको तर्फबाट स्वागत मन्तव्य राखेका थिए । “भाषा मासा जाती म्वाई “भाषा जिवित रहे जाती बाचिन्छ। -भन्ने मुल उद्देश्यका साथ प्रेमबहादुर कंसाकारको १०७ अाैं जयन्ती रत्न राज्य लक्ष्मीक्याम्पसमा मनाइएको सुकुन्दा साहित्य पाला:ले प्रेमबहादुर कंसाकार जयन्ती मनाउनुकाे मूल उद्देश्य:
सम्पुर्ण नेवा: खल पुच:संघसंस्थाले हाम्रो दिग्गज विद्वानहरुले भाषा,संस्कृति,सम्पदा उत्थानको लागि गर्नुभएको याेगदानलाई कदर गर्दै संरक्षण प्रवर्द्धन गर्ने तर्फ, पाइला चाल्न अग्रसर गराउन,घचघचेट्याउन।नेवा: भाषाको विद्वान विदुसिहरुले अाफ्नाे जीवन व्यतीत गरेर रचना गर्नुभएको विविध बहुमुल्य ग्रन्थ,थ्यासफु, ब्यंसफु,किताबहरु र दस्तावेजहरु पुनः प्रकाशन गराउने।सम्पदा संस्कृति भित्र आइरहेको विकृतिहरु बिसंगतिहरु निर्मुल पार्न।हस्तान्तरण र पुस्तान्तरण गर्ने परम्परागत विधिहरु अगाडि बढाउने।जागिर खाने र ख्वाउनेमात्रै नभएर हाम्रो संस्कृति संस्कार सम्पदा संरक्षणको क्षेत्रमा सम्पुर्ण संघसंस्थाहरुलाई घचघच्याउने।सम्पुर्ण नेवा: विभिन्न खल पुच:संघसंस्थाले दिग्गज विद्वानहरुले भाषा,संस्कृति,सम्पदा उत्थानको लागि गर्नुभएको याेगदानलाई कदर गर्दै संरक्षण प्रवर्द्धन गर्ने , पाइला चाल्न घचघचेट्याउने।नेवा: भाषाको विद्वान विदुसितगर्नु भएको किताब , ग्रन्थ र दस्तावेजहरु पुनः प्रकाशन गर्नको साथै अध्ययन अनुसन्धान गर्नुहुनेहरुलाई सहिमार्ग निर्देशन गर्ने । सम्पदा संस्कृति भित्र आइरहेको विकृतिहरु बिसंगतिहरु निर्मुल पार्ने।हस्तान्तरण र पुस्तान्तरण गर्ने परम्परागत विधिहरु अगाडि बढाउने ।जागिर खाने र ख्वाउनेमात्रै नभएर हाम्रो संस्कृति संस्कार सम्पदा संरक्षणको क्षेत्रका सम्पुर्ण संघसंस्थाहरुलाई पालो पहिल्याउन घचघचेट्याउने ।मूल उद्देश्य रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा विशिस्ट अतिथि साेधार्थी दिव्या तुलाधरले प्रजातान्त्रिक सेनानी तथा भाषा निभा:प्रेमबहादुर कंसाकारको याेगदान र अासासफु कुथीको महत्त्वको बारेमा चर्चा गर्नुभयो । विशिस्ट अतिथि मदनसेन बज्राचार्यले प्रेमबहादुर कंसाकारले देश र जनताको उत्थानको निम्ति निरन्तर समाजसेवी भएर काम गर्नुहुने अथक महान विद्वान योद्धा भनी सम्बोधन गर्नुभयो । प्रमुख अतिथि प्रा. डा चन्द्रमान बज्राचार्यले कंसाकार एक अदभूत अमृतवान प्रतिभावान व्यक्तित्व प्रेम बहादुर कंसाकार उहाँको गुनगान गाउदै विषम परिस्थितिमा यस खालको कार्यक्रम सकिनकी कार्यक्रम संचालन गर्दै आउनुभएका नेपालभाषा अभियन्ता प्रशान्त डंगोल र रिदेन महर्जनलाई धन्यवाद दिदै उपस्तित विद्वानको जन्मजयन्ती सम्मान जनक मनाउने कार्यक्रम निरन्तर वृद्धिहोस् भन्नुभयो। सभाअध्यक्ष डा. विष्णुप्रसाद ज्ञवालीले भाषा संरक्षणको निम्ति कार्य गर्दै आउनुभएका एउटा पुस्ता सकिसकेको अवस्थामा अव नयाँपुस्ताहरुको आगमनले उहाँहरुले गर्दै आउनुभएको प्रयास सराहनीयकार्यको लागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम नेपालभाषा अभियन्ता पवित्र कंसाकारले संचालन गर्नुभयो । कार्यक्रममा लोककवि राजभाई जकमीले प्रेमबहादुर कंसाकार शिर्षकमा कविता वाचन गर्नुभयो भने सुकुन्दा साहित्य पाला सचीव रिदेन महर्जनले कार्यक्रमलाई सफल सुसज्जित बनाउन प्रत्यक्ष पराेक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै नेपालभाषा अभियानको बेलिबिस्तार गर्नुभयो ।