काठमाडौं,२५ चैत: आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार राति विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै पहिलो पटक मच्छिन्द्रले उपाधि चुमेको हो । फाईनलमा मच्छिन्द्रले सांग्रिला मोरङ एफएलाई २-० ले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन् उपाधिसँगै मच्छिन्द्र क्लबले रु ११ लाख र साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।