• 2024-03-06

    काठमाडौं २३ फागुन /महाशिवरात्रीको अवसरमा आर्ट बुमको आयोजनामा ” शिव” शीर्षकमा कला प्रदर्शनी आयोजना हुने भएको छ। शिव” शीर्षकमा कला प्रदर्शनीमा आयोजित चित्र प्रदर्शनीमा कलाकारलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिने आयोजकले बताएको छ। यहि फागुन २५ गते शुक्रबारका काठमाडौंको ठमेल स्थित होटेल आर्टस् ग्यालरीमा कला प्रदर्शनीको प्रमुख अतिथि माननीसासद शैलेन्द्र बज्राचार्यबाट उद्घाटन हुने जनाएको छ।शुक्रबार ” शिव” ” शीर्षकमा कला प्रदर्शनी दिउँसो ३:०० बजे देखि प्रारम्भ हुँदैछन् । कला प्रदर्शनीमा यसपटक १९ जना कलाकारले सृजना गरेका शिव शिर्षकका कला प्रदर्शनी हेर्न सकिने आयोजक आर्ट बुमका प्रमुख रत्न शाक्यले जानकारी दिनुभयो । यससँगै विगत ४ वर्षदेखि विभिन्न नेपाली उत्सवहरु सम्बन्धि पर्वसंगको शिर्षकमा हाल सम्म १० भन्दा बढी कला प्रदर्शनी आयोजना हुँदै आएको आर्ट बुमका प्रमुख रत्न शाक्यले बताए।

    शिव” शीर्षकमा कला प्रदर्शनीको उद्देश्यमाथी प्रकाश पार्दै आयोजक आर्ट बुमका प्रमुख रत्न शाक्यले नेपाली उत्साह र उमंग बोकेका उत्सवहरु मध्य एक महाशिवरात्री सम्बन्धित कला प्रदर्शनीले नयाँ कलाकारहरुलाई प्रेरणादायी एवं पिछडिएका पुराना कलाकारहरुलाई कलामा क्रियाशीलता गराइ निरन्तर कला सृजना गराउन टेवा पुगोस् भन्ने उद्देश्यले देशकै गौरवको रूपमा रहेको उत्सव महाशिवरात्रीका दिन भगवान ‘ शिव ‘ सम्बन्धि कला प्रदर्शनी आयोजना गरिन लागेको बताउनुभयो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै