❝ कर्नर किक मार्फत सबैभन्दा बढी गोल गर्ने कार्टुनिस्ट हुन्, रवि मिश्र ❞
2024-01-24
काठमाडौँ १० माघ/कार्टुनिष्ट रवि मिश्रको बानेश्वरस्थित एनबी सेन्टरको उमोजा कफिमा एकल कार्टुन प्रदर्शनी चलिरहेको छ। १७ वर्षदेखि कार्टुनमा रमाइहेका मिश्रले प्रर्दशनीको नाम ‘डिपिक्सन’ नाम दिएर प्रदर्शनी गरिरहेका छन्। प्रर्दशनीमा ३५ वटा कार्टुन राखिएका छन्। डेढ दशमा मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाईसकेका छन्। कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। ‘जुन–जुन बेला मैले देखे, समाजको स्वरुप–चित्र, अवस्था त्यसलाई दृश्य उतारेको मात्रै हो, यो सम्पत्ति मेरो मात्र होइन समाजको उपज पनि हो यो प्रदर्शनी मैले देखेको बेला बेलाको समाजको चित्र हो’, उनले भने। प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन समावेश गरेका छन्।
पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्। कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए। उनी भ्नछन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ । तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनी मार्फत दोहोरो संवाद गर्न आईपुगेको छु ।’ ‘कर्नर किक’ शिर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन् । कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याईपुर्याएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजिको सुरुवात गरेकाछन् । ‘यो प्रदर्शनी कार्टूनका लागि नयाँ जमिनको खोजी पनि हो । अखबारका कोमल र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टूनलाई पुच्याउने रहर हो । कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने ।
‘कर्नर किक’ शिर्षकमा मिश्रका कार्टुन सञ्चार माध्यममा प्रकाशित हुने गरेका छन्। कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत रहेका मिश्र नयाँपत्रिकामा आबद्ध रहेका छन्। कार्टुन प्रदर्शनी स्थल पुगेका प्राध्यापक काव्या रिजालले सामाजिक संजालमा उनी लेख्छिन्। मलाई मनपर्ने कार्टुनिस्ट रबि मिश्रको एकल कार्टुन प्रदर्शनीमा अवलोकन गर्दै। कार्टुनको सानो तस्वीरले मुलुकको कटु यथार्थ देखाउछ। अझ हाम्रोजस्तो मुलुकमा कार्टुनको छुट्टै महत्त्व छ। रविको कार्टुन सधैं कलात्मक हुन्छ तर प्रहार बेजोड हुन्छ।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले सामाजिक संजालमा भन्नुभयो। कर्नर किक मार्फत सबैभन्दा बढी गोल गर्ने कार्टुनिस्ट हुन्, रवि मिश्र। शब्द र व्यंग्यचित्र मार्फत आफुलाई सिर्जनात्मक तरिकाले अभिव्यक्त गर्न सक्ने खुबी भएका शब्दकार, चित्रकार, व्यङ्ग्यकार हुन् मिश्र।
पत्रकार मोहन बाँस्तोलाले सामाजिक संजालमा भन्नुभयो-मलाई रवि मिश्रकाे कर्नर किक टुँडिखेलमा लगेर घुमाएर नाककाे डाँडी भाँच्ने गरि हान्ने किक भन्दा हजारौं गुणा बढी शक्तिशाली लाग्छ । १७ वर्ष अघि भर्खरै कार्टुनबारे खुट्टा चलाउँदै गर्दा रविसँग मेराे भेट भएको हाे । अहिले रवि कर्नर किक हान्ने भैसक्दा पनि १७ वर्ष अघिकै रवि देख्दा उधुम खुशी लाग्छ । अहिलेसम्म रविले ३ हजार बढी कर्नर किक हानि सकेका छन् । ती मध्येका पनि बढी शक्तिशाली ३४ वटा कर्नर किक बानेश्वरकाे उमाेजा ग्यालरी क्याफेमा देखाउन राखिएको रहेछ । डिपिक्सन नाम दिएर राखिएका रविका ३४ वटा कार्टुनकाे एकल प्रदर्शनी हेर्न आज गाेधूलिमा श्रीमतीजीसिहत बानेश्वर पुगेँ, हेरेर मात्रै चित्त बुझेन । याे विषयमा एउटा आलेख तयार गर्ने रहर भएको बताए।
पत्रकार जन्मदेव जैसीले भन्नुभयो-साथी रवि मिश्रजी बौद्धिक चेतना, श्रम र सिर्जनाको अनुपम रूप तपाईको कला कार्टुनमार्फत जुन अभियान थाल्नुभएको छ, यसले समाजलाई जागरूक, चेतनशील र आलोचनात्मक चेतको रक्षा, विकास र विस्तार गर्न ऐतिहासिक टेवा मिलेको छ। यो अभियानमा म सदा हजुरसंगै साथमा छु, रहनेछु। शुभकामना रविजी पत्रकार यादव हुमागाईंले भन्नुभयो कार्टुनिष्टहरुमा अलग पहिचान बनाउन सफल रविजीको अर्को विषेशता भनेको आर्थिक विषयमाथी प्रहार पनि हो ।
पत्रकार सालोजा स्काईले भनिन्यस्ता प्रदर्शनीले कलालाई जिवन्तता दिन्छन् ।कार्टुन हेरेर हास्ने हामीलाई कार्टुनिष्ट संगै बसेर हेर्दा मज्जा फरक हुने रहेछ । रविजीलाइ बधाई तथा शुभकामना । प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सन्तोष परियारले मित्र Ravi Mishraको कार्टुनकला हेरियो। पेचिला राजनीतिक मुद्दामा कोरिएका सटिक कार्टुन चित्रहरू गजबका छन्। कार्टुन प्रदर्शनीमा अहिले नेकपा (एस) का महासचिव घनश्याम भुषाल, रास्वपाका सभापति रवि लामिछाने,राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे ,कार्टुनिस्ट पत्रकार , कलाकार , लेखक ,नेता लागायत कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी भएको नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफि पुगेका छन् । coverphoto by,Laliram khadka