❝ काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड ❞
2024-01-22
काठमाडौँ, ८ माघ स् काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम ९तीन दशमलव दुई० रेकर्ड गरिएको बताउनुभयो । यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो । आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ । उहाँका अनुसार आज बढी चिसो अनुभव भएको छ । बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उहाँले परदर्शिता तीन हजार मिटर रहेको बताउनुभयो । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । त्यसका कारण काठमाडौँमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ ।