• 2023-11-08

काठमाण्डौ २२ कार्तिक/ जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि निजामती कर्मचारीहरुले पनि केही दिनको तलब सहयोग गर्ने भएका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले सचिव र सहसचिवस्तरका कर्मचारीको ३ दिन, अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरसहित अरु तहका कर्मचारीबाट १ दिनको तलब बराबरको रकम सहायता गर्ने निर्णय गरेको हो । सचिवस्तरीय बैठकले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै