• 2023-10-22

    पाल्पा, ५ कार्तिक । पाल्पाकाे रानीमहल जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    पाल्पाकाे रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खसेकाे हाे । जिप दुर्घटनामा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

    दुर्घटना एक जना घाइते भएका छन् । घाइते भएका जीपका चालक रहेकाे पाल्पा प्रहरीले जनाएकाे छ ।

    घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै