• Jana Kura

    • 2023-03-09

    टोखा लाइभ। २५, २०७९

    काठमाण्डौ – काठमाण्डौको साँखुमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा गए राति टिपरले ठक्कर दिँदा दुई वटा मोटरसाइकलका चालकको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

    पवनलाल श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।

    दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकाेषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते हुनुभएको छ ।

    बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    पुनम श्रेष्ठको हाल ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ भने ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै