• 2023-01-18

टाेखालाइभ डट कम/४ माघ २०७९,

शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले शालीनदीमा लायन्स क्लब द्वारा संचालित स्वास्थ्य शिविरको अवलोकन अनुगमन गरेका छन । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतका बिभिन्न क्लबद्वारा मेला अवधीभर संचालन हुने उक्त निशुल्क स्वास्थ्य शिविरको नगर प्रमुख सहितको टोलि द्वारा अवलोकन गरेका हुन। शालीनदीमा मेला भर्न आउने भक्तजनको स्वास्थ्यमा कुनै पनि समस्या नपरोस भन्ने उदेश्य का साथ संचालित उक्त शिविरलाइ शंखरापुर नगरपालिकाले समेत समन्वय गरेको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखु स्थित सालीनदीमा मेला भर्ने भक्तजनको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।स्वस्थानी माताको दर्शन तथा मेला घुमघामका लागि उपत्यकाबाट सयौँ मानिस दैनिक शाली नदी पुग्ने गरेका छन । दर्शनार्थीहरु बिहानै देखि सालिनादी पुग्ने गरेका छन। एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि सालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले गर्दा लाखौ मानिसहरु सालिनदीमा पुग्ने गरेका छन । photo/kapanonline

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै