• 2022-09-12

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भाद्र २७,२०७९

    काठमाडौं /इन्द्रजात्रा कै सिलसिलामा हनुमानढोका स्थित झन्दै १५ फिट अग्लो अनुहार रहेको श्वेत भैरवको मुखबाट प्रसादका रुपमा जाडको धारा बगाइदिएपछि महिलाहरु ठेलामठेल गर्दै ‘ हाथु हायेगु ‘जांड पिउन तम्सिएको देखिन्छ।

    वर्षभरी हनुमानढोकास्थित बन्द हुने श्वेत भैरव येंया पुन्ही अर्थात इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएपछि एकदिन महिलाहरुले मात्र श्वेत भैरव (सातु द्म:)को मुखबाट आएको जाँडको प्रसाद ‘ हाथु हायेगु’ पिउने प्रचलन रहिआएको छ। आइतबार श्वेत भैरवको प्रसाद पिउनका लागि करिब पाँच सयको हाराहारीमा महिलाहरूको जमात रहेको देखिन्छ।

    जसकालागि प्रसादका रुपमा ६० लिटर जांड राखिएको श्वेत भैरवका गुठियारका दिनेश तुलाधरले जानकारी दिनुभयो।
    द्वादशीको दिन य: सिं(लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। त्यसै दिनबाट जात्रा नसकिँदा सम्म श्वेत भैरव प्रसादका रूपमा हांथ हायकेगु हुन्छ। आठ दिन सम्म चल्ने यो जात्रा अवधिभरि जांड रक्सी पिलाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जांड रक्सी अनवरत रूपमा पिलाउने परम्परा छ। पिउनेको पनि भीड हुन्छ। भैरवको पछाडि तेप भन्ने घ्याम्पो हुन्छ। त्यो भाडामा जांड राखेर भैरबको मुखमा पाइप फिट गरेर त्यहाँबाट प्रसाद पठाइन्छ।

     

    भैरब महादेवका रुपमा भएकाले जाँड प्रसादको रुपमा लाइन्छ। हाम्रो नेवारी संस्कृतिमा झार रक्सी सगुनका रूपमा पिउने’ हाथु हायेगु’ चलन चली आएको परम्परा हो। भैरवको मुखबाट आएको जान पिउने सक्ने मान्छे स्वस्थ हुने बिरामी नहुने जनविश्वास रहिआएको छ। रथयात्राको पहिलोदिन पूर्णिमामा कुमारी ,भैरव, गणेशलाई प्रसादस्वरूप रक्सी पिलाइन्छ। र बाँकी दिनहरुमा जाँड हुने जानकारी दिँदै एकदिन महिलाहरुका लागि मात्र जाड पिलाउन छुट्टाएको छ।

    माथिल्लो टोल (ठहनेमा)रथ तानेको भोलिपल्ट महिलाहरुको लागि जांड पिलाउन्छ। करिब सात वर्षअघि श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समितिले यो परम्परा शुरु गरेको पूजारीहरुले बताउँछन् । महिला र पुरुषलाई समावेशी ढंङ्गले लान यस्तो परम्परा शुरु गरेको हो। महिला पुरुष बराबर जानुछ भने सबै कुरा किन नजाने? त महिला भएर जात्रा कै भिडमा जाड पिउन जानु भनेको चानचुने कुरा थिएन। घरपरिवार एकातिर समाजको डर अर्कोतिर एकप्रकारको क्रान्ति नै थियो। पुरुष अर्को बीचमा प्रसादका रुपमा जाँड पिउन महिलालाई धेरै गाह्रो हुन्छ तर यो महिलाले पनि पिउनु पर्छ भनेर हाम्रो पहल बाट सुरु गरेको दिनेश तुलाधरले जानकारी दिए। श्वेत भैरवलाई स्थानीय आजु भनेर पुकार्छन्।

    इन्द्रजात्राको इतिहास पुरानो भए पनि श्वेत भैरव इन्द्रजात्रा सँग जोडिएको धेरै नभएको तुलाधरले बताए। श्वेत भैरव भनेको सेतो भैरव हो तर यो भैरव सेतो छैनन्। सन् १८५२ मा रणबहादुर शाहले यसलाई सुनौलो स्वरुपमा निर्माण गरेको थियो। त्यो समयमा डर थियो रे गुठियार ताम्राकारले जानकारी दिए। भएर को स्थापना गरेपछि उनीहरु डराएर भागेको भन्ने मान्यता छ रे, त्यसपछि सधै प्रदर्शन गर्दा यसको महत्व नहुने र हेर्दै डरलाग्दो भएकाले इन्द्रजात्राको समयमा मात्र प्रदर्शन गरिएको हो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै