• 2020-06-21


आदरणीय, अभिभावक तथा प्यारा विद्यार्थी भाइवहिनीहरु,
चिनको वुवानबाट डिसेम्वरको सुरवातबाट २०१९ मा सुरु भएको कोरोना भाइरस आजको दिनसम्म आइपुग्दा विश्वका १८८ देशमा आफ्नो प्रभाव देखाएको छ करिव विश्व नै ठप्प पारेको छ । त्यसैले नेपाल पनि अछुतो रहन सकेन र ११ चैत्र २०७६ देखि नेपाल पनि वन्दावन्दी अवस्थामा रहेको छ । यही कोरोनाको कारणले सन्सारभर करिव ८८,४५,४८७ मानिसहरु संक्रमित भएका छन जसमा ४,६४,२२१ मानिस मरिसकेका छन, ४६,६४,८२७ विरामी निको भैसकेको तथ्याङ्क छ । नेपालमा पनि संक्रमितको संख्या ८६०५ जसमा २२ जनाको मृत्यु भैसकेको छ भने १५७८ जना निको भैसकेको अवस्था छ ।
यही महामारी अवसर र चुनौतिको रुपमा मानव सभ्यताको विचमा खडा भएकोले नेपाल पनि अछुतो रहन सकेन । हाम्रो नेपालमा पनि सम्पूर्ण क्रियाकलापहरु ठप्प पारेको छ , त्यसमा पनि विद्यालयतहका भाइवहिनीहरु सवैभन्दा वढी मारमा परेका छन । २०७६ को अन्तिम परीक्षा दिए नतिजा पाउन सकेनन । नतिजा जेनतेन पाए फेरि नया“ उमङ्गकासाथ विद्यालय जान पाएनन । न उनीहरुस“ग खेल्ने साथी नै भए न अन्य केही रमाइलो गर्ने साधनहरु नै । उनीहरुमा समाजका अग्रजहरुले केही न केही तवरले उनीहरुको पक्षमा काम गर्नु पर्छ । यसैको पछि हामी लागि परिरहनु पर्छ । यस.इर्..र्ई को प्रतिक्ष्ाँमा रहेका भाइवहिनीहरुको अन्योल हटाइ आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने तयारीमा नेपाल सरकार जुटेको अवस्था छ ।
प्रिय भाइवहिनीहरु, पशुपति मित्र मावि तपाइहरु“िगको भेटघाटको अभावमा छटपटाइरहेको छ । हामी शिक्षकहरु पनि तपाइहरुलाई विद्यालयस्तरका भाइवहिनीको लागि तयार पारेको पाठयोजना र शैक्ष्ँिक उपलव्धी प्राप्त गराउनको लागि रत्प्रेरकको कार्य गर्नबाट हामी वञ्चित भएका छौ । यसबाट कसरी मुक्ति पाउन सकिन्छ भनेर सन्सारका विज्ञहरु लागि परिरहेका छन यद्दपी अझै पनि यसको रोकथाम र उपचारको सरल विधि पहिचान भैनसकेकोले हामी यसको शिकार वनिरहेका छौ । हामीलाई आसा छ छिट्टै तपाइहरुस“ग विद्यालयका कक्षा कोठामा फेरि साक्ष्ाँतकार गर्ने अवसर मिली अहिलेको यो अन्योलबाट छुटकारा पाउने छौ ।
पशुपति माविले बन्दाबन्दीको समयमा पनि चुप लागेर वसेको छैन । कसरी भाइवहिनीहरुस“ग जोडिन सक्छौ भनेर त्यसैको खोजिमा लागिपरेका थियौ र छौ पनि ।
सुरुमा भाइविहनीहरुको वसाइ कस्तो छ, जिउन अप्ठ्यारो भएका भाइ वहिनीकिो पहिचान विद्यालय र शिक्षक तथा कर्मचारीको सहयोग लिइ ९६ जना विद्यार्थीहरुलाई सानो राहत वितरण कार्यक्रम गर्याै, अगिल्लो वर्षको परीक्षको नतिजा प्रकाशन गर्यौ , त्यसपछि भाइवहिनीको हातहातमा पुस्तक पुर्याउन पर्छ भन्ने लागेकोले हामीले विद्यार्थी भाइवहिनीहरुलाई जेठ २७,२८,२९,र ३० गते विहानको समय पारी सामाजिक दुरी कायमा गरी पाठ्पुस्तक वितरण गर्यौ र अहिले पनि यसैलाई निरन्तरता दिइरहेका छौ । यति मात्र होइन प्रत्यक शिक्ष्ँकलाई करिव २० जना विथार्थीको नाम टिपाएर उनीहरुको अवस्था के छ भनि थाह पाउन र उनीहरुलाई पढाइमा उत्प्रेरकको काम गर्नको लागि शिक्षकहरुलाई जिम्मा दिइएको छ । विद्यार्थी तथा अभिभावकको तर्फबाट केही गुनासो तथा सुझाव भएमा मेरो व्यक्तिगत वा विद्यालयको सम्र्पक नं सम्र्पक गरी सुझाव दिन सक्नुहुनेछ । हाम्रो तर्फबाट यहाहरु प्रति आभारका साथ सम्भव हुने गनासोको पनि सुनुवाइ तुरुन्त गरिने छ ।
प्रिय भाइवहिनीहरु तपाइहरुस“ रेडियो, टेलिभिजन, कम्पुटर र इन्टरनेटको सुविधा छभने घरमा नै वसी वसी अध्ययन गर्न सक्नुहुनेछ, यदी यी सामग्रीहरु छैन भने हामीले पठाएका पुस्तकहरु समय तालिका वनाएर अध्ययन गर्नुहोस र सोच्नुहोस अव परीक्षाको तयारीमा जुटेका छौ भन्ने । सवैभन्दा ठूलो समस्या ती साना भाइवहिनीहरुलार्ई परेको छ जसलाई अक्षरको ज्ञान छैन । भााइवहिनीहरु अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि पठनपाठनमा सजिलोहोस भनि विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ । यस लिङ्कमा पनि गएर पढ्न सकिनेछ ः भिबचलष्लन।अभजचम।नयख।लउ । यस्तै गरा काठमाण्डौ महानगरपालिकाले मेट्रो एफ एम ९४.६ पनि कक्ष्ाँहरु सञ्चालन गरिरहेको छ ।जसरी अनुकुल मिल्छ त्यही अनुसार अध्ययन गर्नु । पुस्तक हातमा नपुगेका भाइवहिनीहरु विद्यालयमा उपस्थित भई पुस्तक लैजानको लागि सूचित गर्दछु ।
पुस्तक लैसकेपछि पढ्नेक्रममा केही कठिनाइ भएमा पशुपति मित्र माविका विभिन्न विषय शिक्षकलाई फोन सम्पर्क गरी सोध्न सकिनेछ । पशुपति मित्र परिवार शिक्षक तथा कर्मचारीको सम्र्पक नंहरु तल राखिएको छ आवश्यकता परे उहाहरुलाई सम्पर्क गरी आफ्रनो जिज्ञासा मेटाउन सकिने छ ।
भाइवहिनहिरुले वुझ्नै पर्दछ ः पुस्तकमा भएका कुराहरुको ज्ञान मात्र सिकाइ होइन, तपाइहरुको लागि दैनिक जिवन यापनको लागि खाना पकाउन, कपडा धुन, सरसफाइ गर्न , खनजोत गर्न, जान्नु, पशुपालन गर्न ,खोलामा पौड्न, तर्न जान्नु पनि शिपकै पाटा हुन। अहिले यो समय सुवर्ण अवसरको रुपमा लिनु र आफ्नो घरमा भएका दैनिक क्रियाकलापमा सहभागी जनाई आफ्ना पुज्य पिता माताको आज्ञाकारी सन्तान वन्न सक्नु ।
यो कुरा वुझ्नु कि विद्यायल त शिक्षाको माध्यमको थलो मात्र हो । अध्ययन स्वयम विद्यार्थी आफैले गर्ने हो । तपाइहरु दैनिक रुपमा कक्ष्ाँमा उपस्थित भएर परीक्षामा सामेल हुदा पनि तपाइहरुको सवैको एकै पक्रारको नतिजा थिएन । फरक फरक थियो । यस समयमा सवै विद्यार्थीले महशुश गर्नुपर्छ जुन दिनसम्म विथार्थी आफै पढ्नको लागि तयार हुदैन त्यो दिनसम्म उसको नपुतिजा राम्रो हुदैन । प्रत्यकको अन्तरमनले चिताएको पूरा मानसिक रुपमा तयार भएर लागेपछि हातमा भएका पाठ्यपुस्तक पुस्तक पढेपछि प्रत्यक विद्यार्थी सफल हुने कुरामा संका छैन । यो पनि ख्याल गर्नुहोला उत्तरपुस्तिकामा सफल भएका मानिसहरु, परीक्ष्ाँमा सफल मानिसहरु, राजनैतिक क्रान्ती गर्न सफल व्यक्तित्वहरु कार्यान्वयनको पक्षमा चुकेका छन । यसमा सजग हुनुपर्छ । कुनै पनि तहको शैक्षिक योग्यता कही कतै कुनै स्थानको लागि प्रवेशद्वार मात्र हो । अन्य अवस्थामा त सफ्ट स्किलको आवश्यकता चाहिन्छ ।
नेपाल पछि परेको छ विकासको क्षेत्रमा तर राजनैतिक क्रान्तिमा सफल छ । राजनैतिक सफलता सफलता रहेनछ यदी देशले विकासको गति बढाउछ भने । किन कि खालि पेटले केही गर्न सक्दैन । आज हामी सडकमा राणा प्रधानमन्त्रीलाई जुन शव्दले उनीहरु विकास विरोधि, जहानिया, निरकुंश, भ्रष्टाचारी थिए भनेर भन्ने गरिन्थ्यो आज त्यही आवाजले वर्तमान शाषकलाई भनिन्छ किन ? किन कि संविधासभाले लेखेको संविधानले नागरिकको आवाज पुरा नगरेको भनि राष्ट्रघातीहरुलाई खुला टुडिखेलमा लगेर सजाय किन नदिने भनेर संसदद्वय राजेन्द्र महतो र उपेन्द्र यादवको गर्जन र सडकमा सुनिएको आवाजलाई अधिकांश नेपालीले सच्चा देशभक्तिको आवाजको रुपमा लिएका छन । यी दुइ संसदले ठीक समयमा देशलाई चाहिएको समयमा एकै स्वरमा राष्ट्रियताको आवाज दरो रुपमा उठाउन सफल भए भने हिजोको दिनमा भारतिय दलाल, भारतिय हुन भनेर नेपाली नेताहरुले लगाउने आक्षेपलाई उल्टो चुनौति दिन सफल भए । यो कुरा सवैले वुझ्न पर्छ ।
यी र यस्तै घटनाक्रमहरु प्रिय भाइवहिनीहरु तपाई समाचारको माध्यमबाट थाह पाउन सक्नुहुन्छ । केही घटनाक्रमहरु थाह पाएपछि तपाइलाई कस्तो लाग्छ, ती अनुभुतिहरु लेख्न थाल्नुहोस । आज तपाइको मनमा आएको सोचले भोलि तपाइलाई वदल्न सक्छ, अनि नेपाल र समग्रमा विश्वलाई वदल्न सक्छ । यो अवसरको वेला छ । गाईले दुध दिन्छ भनेर पढेको वच्चाले आज गोठमा गएर आफै गाईको दुध दुउने अवसर प्राप्ति भएको छ होला । किताबमा लेखिएका सवै कुराहरु सत्य नहुन सक्छन, केही कुराहरु चित्त नवुझ्न सक्छ, यदि चित्त वुझ्दैन भने प्रश्न गर्न सक्नु पर्छ । जव प्रश्न गर्न थालिन्छ, यो खोज विज्ञानको वाटोको हो ? समाज परिवर्तनको वाटोको हो। एक व्यक्तिलाई लागेको कुरा साचो पनि हुनसक्छ , र मिथ्या पनि । नेपालका राजनैतिक परिवर्तनहरु सफल भए तर सर्वसाधरणलाई देखाइएका सपना मिथ्या भएका छन । त्यसैले सवैले देखेको र देखाइएको सपना पुरा गराउनको लागि हामी सवै तयार हुनुपर्छ र त्यसैमा समर्पित हुनुपर्छ ।काममा व्यक्ति केन्द्रित हुनुपर्छ तर सुविधा समाज केन्द्रित ।
आज राजनैतिक परिवर्तन नेपाली जनताको साझा आवाजले पुरा गर्याे तर सेवा , सुविधा केही मुट्ठीभरका नेता तथा तिनका सिमित कार्यकर्ताले पाएका छन, जसले गर्दा समाजमा विद्रोहका आवाज सुनिन थालेका छन । यसलाई समयमा सम्वोधन गर्नु पर्छ । ठीक त्यसरी नै भाइ वहिनीहरुले आफ्नो शैक्ष्ँिक गुणस्तर वृद्धीको लागि मन, वचन र कर्मले लागि परेमा यो सहज र सम्भव पनि छ । यस्ता क्रियाकलापमा लागि पर्नको लागि अपिल गर्दछु ।

अन्तमा स्थानीय वुद्दीजिवी, समाजसेवी, अभिभावक, तथा शिक्षास“ग सम्वन्धित सवै साथै अध्ययनको लागि नया विद्यालयको खोजिमा रहनुभएका विद्यँर्थी भाइवहिनी तथा उहा“का अभिभावकहरु पशुपपति मित्र मावि चावहिलमा आइ विद्यालयको वारेमा वुझ्नोस र चित्त वुझमा सेवा गर्ने अवसर हामीलाई प्रदान गर्नको लागि पुन अनुरोध गर्दछु । तपाइहरु ढुक्कका साथ आउनुहोस, हामी हजुरहरुलाई पछुताउनु पर्ने अवसर दिने छैन । यहाका शिक्षकहरु, दक्ष, तालिम प्राप्त हुनुहन्छ र तपाइको वालवच्चालाई शिक्षाको ज्योति दिन सक्नेहुनेछ । मेरा तीन नानीहरु यसै विद्यालयमा अध्ययनरत छन । आशा छ पशुपति मित्रमाविको अनुरोधलाई यहाहरुले स्वीकारी सेवा गर्ने अवसर दिनुहुनेछ । हामी वालशिक्षा इसिडी देखि कक्षा ९ सम्म र कक्षा ११ मा हजुरका वावु नानीलाई अध्ययनको लागि पठाउन सक्नुहुनेछ । पशुपति मित्र मावि परिवार यहा“हरुको सेवामा हाजिर छ ।

चन्द्र कान्त पण्डित
निमित्त प्रधानाध्यापक
पशुपति मित्र मावि
चावहिल काठमाण्डौ
नेपाल । ०१४४७०४३४
९८५११४८३७९ ।९८४१८४२९९९

CONTACT NO OF TEACHING AND NON TEACHING STAFF  OF  PASHUPATI MITRA SECONDARY SCHOOL, CHABAHIL, KATHMANDU, NEPAL  014470434

SNTeachers’ nameContact no
1Chandra Kanta Pandit9851148379/ 9841842999
2Meena Kumari Shrestha9841362466
3Basudev Dawadi9841256135
4Shreedhar Poudel9841441223
5Pratistha Chhetry (K.C)9841367357
6Bindu Bhandari9841603193/ 9851215116
7Yogyaraj Prasain9860102822
8Narayan Prasad Neupane9841784241
9Makunda Prasad Kafle9841318119
10Shabi Koirala9845106611
11Sakuntala Bhandari9844046255
12Sabitra Marasaini9849154933
13Kalika Shiwakoti (Lamichhane)9841635222
14Uttam Prasad Panta9841450966
15Muna Gautam9841497633
16Shyam Khadka9841568656/ 9851244182
17Bhesharaj Poudel9841466624
18Gokarna Thapa9841388507
19Dal Bahadur Bishowkarma9818073456
20Keshav Raj Kafle9851166799/ 9841466799
21Nirmala Badu9849649896
22Pramila Dhungel9844138088
23Bikash Bhandari9841589710
24Aarati Acharya (Khanal)9841312830
25Anjana Aryal9803883466
26Sanukaji Shakya9849526254
27Ek Kumari Shrestha9841240678
28Debendra Prasad Koirala9851033779
29Pramila Pandey (Acharya)9841344975
30Prathana Khanal9841466465
31Aashika Adhikari9843693365
32Chandrakala Parajuli9841660214
33Manita Karmacharya9841168861
34Bina Nepali9841771766 
35Masanti Nepali9803137019 
36Sujit Karmacharya9841231551
37Rama Koirala9861604466 
38Ambika Gautam9841695346 
39Sakuntala Pokhrel9841869912
40Hemkumari Subedi9841843956
41Anuja Regmi9841313499
42Hit Bahadur Samal9840509331 
43Sitaram bhattrai9849048099/9861606019 
44Gopal Nepali9841738427 
45Rajendra Deuala9818783909 
46Amira Thapa9841972451 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै